एलएलबीको नतिजामा त्रुटि : सुधार गर्न विद्यार्थी संगठनहरूको ध्यानाकर्षण (विज्ञप्तिसहित)

Law Hub Nepal श्रावण २०, २०७७

काठमाडौं । एलएलबी प्रथम वर्षको हालै प्रकाशित नतिजामा व्यापक प्राविधिक त्रुटि भएको भन्दै नेपाल ल क्याम्पसमा क्रियाशिल रहेका विद्यार्थी संगठनहरूले ध्यानाकर्षण भएको बताएका छन् ।

गत शनिबार प्रकाशित त्रुटिपूर्ण नतिजाले विद्यार्थीहरूमा गम्भीर मानसिक एवं नकारात्मक असर परेको विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको संगठनहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै बताएका छन् ।

परीक्षामा अनुपस्थितलाई उपस्थित र उपस्थितलाई अनुपस्थित बनाईएको विद्यार्थीहरूको गुनासो रहेकाले यस्तो लापरबाही न्युनिकरण गर्नुपर्ने र आवश्यक सुधार गर्नुपर्ने कुरामा संगठनहरूले जोड दिएका छन् ।

यस विषयमा यथाशीघ्र छानबिन गरी परीक्षाको प्राप्ताङ्कमा समयमै सुधार गर्न र यसो नगरिएमा संगठनहरूले चाल्ने कदमबाट हुन जाने क्षतिको जिम्मेवारी त्रिवि प्रशासन र डिन कार्यालयले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।

विज्ञप्तिमा नेविसंघका सभापति सुरज सेजुवाल, अनेरास्ववियुका सचिव विशेष शर्मा सुवेदी, अखिल क्रान्तिकारीका सचिव बिष्णु ढुङ्गेल, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष अशोक राई र राप्रविसंघका अध्यक्ष नेल्सन घलानले हस्ताक्षर गरेका छन् । विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस् ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार