लकडाउन वैशाख १५ सम्म गर्ने मन्त्रिपरिषद्को निर्णय

Law Hub Nepal वैशाख २, २०७७

काठमाडौं । मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।

लक डाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए।

अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार