बैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

Law Hub Nepal वैशाख १४, २०७७

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको छ।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो।

वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो।

हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार