सरकारको निर्णय : आज मध्यरातिबाट लकडाउन अन्त्य

Law Hub Nepal श्रावण ६, २०७७

काठमाडौं । सरकारले मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।

सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार