काठमाडौंमा निषेधाज्ञा खुकुलो, पसल-व्यवसाय खुला, सवारी साधन जोरबिजोर प्रणालीमा

Law Hub Nepal भाद्र २४, २०७७

काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुने काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए।

काठमाडौं उपत्यकामा भदौ ३ गते मध्यरातबाट लागू भएको पूर्ण निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय बुधबार मध्यरात सकिँदै छ।

त्यस्तै, पसल र व्यवसायहरु दिनभरि चल्न पाउने निर्णय भएको छ। बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि खोल्ने निर्णय भएको दाहालले जानकारी दिए।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार