‘एलआरआर फर्स्ट भर्चुअल मीट’ हुँदै, कानूनका विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने

Law Hub Nepal श्रावण ११, २०७७

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय कानूनका विद्यार्थीहरूको ग्रुप लयर्स रूम रिलोडेड (एलआरआर) ले ‘फर्स्ट एलआरआर भर्चुअल मीट’ आयोजना गर्ने भएको छ । अगस्ट १ अर्थात् आउँदो शनिबार लाइभ प्रोग्राम हुनेछ ।

गीत, कविता, गजल, सायरी, नृत्य, फोटोग्राफी लगायतका विधामा कार्यक्रम हुनेछन् । यसमा सहभागी भएर कानूनका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने मौका पाउने आयोजकले आशा राखेको छ ।

‘एलआरआर’ कानून पढाइ हुने देशभरका सबै विश्वविद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको साझा मञ्च हो । यसमा ३ हजार जना सदस्य जोडिइसकेका छन् ।

आपसी सद्भाव, भाईचारा र आत्मियता अझै मजबुत बनाउनुका साथै लामो समयदेखिको लकडाउनलाई यादगार विदाई गर्न फर्स्ट एलआरआर भर्चुअल मीट आयोजना गरिएको ग्रुपका एडमिन गंगादत्त जोशीले बताए ।

विद्यार्थीहरूको उत्साहजनक सहभागितामा नै कार्यक्रमको सफलता निहित रहेको भन्दै जोशीले आफु आशावादी रहेको र आगामी दिनहरुमा थप रचनात्मक प्रस्तुतिहरुका लागि यसको सफलता उत्प्रेरणा हुने बताए ।

कार्यक्रममा सहभागी हुन रजिष्ट्रेशनका लागि [email protected] मा ईमेल गर्न सकिनेछ । विस्तृत जानकारी एलआरआर ग्रुुुुुपमा भेट्न सकिनेछ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार