प्रदेश नं ५ को नाम लुम्बिनी र राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव पारित 

Law Hub Nepal असाेज २०, २०७७

काठमाडौं । प्रदेश ५ को नाम ‘लुम्बिनी प्रदेश’ रहने भएको छ ।

प्रदेश सभाको मंगलवारको बैठकमा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो ।

बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सोनामले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयङ्गम गर्दै साझा चिनारीको रूपमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावकाे पक्षमा ७९ र विपक्षमा ४ मत पर्‍यो ।

प्रदेशको राजधानी दाङको राप्ती उपत्यका देउखुरी (भालुवाङ) तोक्ने प्रस्ताव भने दुईतिहाइ बहुमतले पारित भएको छ ।

कुल खसेको ८२ मतमध्ये प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ मत परेको छ ।

यस अघ प्रदेेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश साझा मनोविज्ञानका आधारमा देउखुरी क्षेत्र लाई राजधानी प्रस्ताव गरिएको बताएका थिए ।

उनले बुटवललाई प्रदेशको आर्थिक तथा पर्यटकीय राजधानी बनाउने पनि  आश्वासन दिएका थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार