मच्छिन्द्रलाई पहिलोपटक ‘ए’ डिभिजन लिगको उपाधि, आर्मी स्तब्ध

Law Hub Nepal फागुन ३, २०७६

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले पहिलोपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले ऐतिहासिक उपाधि हात पारेको हो ।

फाइनलसरह रहेको अन्तिम खेलमा मच्छिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो ।

निकै रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए ।

रञ्जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्नेक्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए ।

मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जित्न सफल भएको हो । अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्न सफल भयो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार