महराको मुद्दामा भोलि फैसला आउने

Law Hub Nepal फागुन ४, २०७६

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगमा सोमबार मात्र फैसला आउने भएको छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार सुनुवाई भएको उक्त बलात्कार उद्योग कसूर मुद्दामा समय अभावले फैसला हुन नसकेको बताएको हो ।

समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।

महरालाई स‌ंसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेको छ । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार