स्वास्थ्य सामग्री अब सेनाले ल्याउने, सम्झौता ‘जी टू जी’ हुने

Law Hub Nepal चैत्र २०, २०७६

काठमाडौं । बुधबार ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता रद्ध गरेको सरकारले अब जी टू जी (सरकारबाट सरकारले)बाट सामग्री खरिद गर्ने भएको छ ।

बुधबार पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता रद्ध गरेको र सामान किन्नका लागि बिहीबार नै पुन: प्रक्रिया अघि बढाउने बताएका थिए । तर, बिहीबार विभागले कुनै प्रक्रिया अघि बढाएन ।

जी टू जीबाट सामान ल्याउने र यसको जिम्मा सेनालाई दिने भन्ने कुरा आएकाले प्रक्रिया अघि नबढाएको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताएका छन् । उनले अबको बाँकी खरिद सेनाले गर्ने भन्ने जानकारी आफूले बिहीबार बिहानमात्रै पाएकाे स्पष्ट पारे ।

यसका लागि बिहीबार नै उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोकत्वको कोभिड-१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने स्रोतको भनाइ छ ।

ओम्नी समूहले समयमै सामग्री दिन नसकेको र ल्याएका सामान पनि गुणस्तरीय नभएको भन्दै विभागले बुधबार सम्झौता तोडेको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार