मेस्सीको चार गोल, शीर्ष स्थानमा बार्सिलोना

Law Hub Nepal फागुन १०, २०७६

एजेन्सी । कप्तान लियोनल मेस्सीले ४ गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा इबरलाई ५-० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान मेस्सीले ह्याट्रिकसहित चार गोल गरे भने अर्थर मेलाेले एक गोल थपे ।

बार्सिलोनाको जितमा मेस्सीले पहिलो हाफमै ह्याट्रिक गरेका थिए ।

जितसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोड्दै शीर्षस्थानमा रहेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार