मुना कार्की हत्या प्रकरण : पोष्टमार्टम रिपोर्ट के भन्छ ?

Law Hub Nepal फागुन ४, २०७६

काठमाडाैं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या तथा कामदार विजय चौधरीको मृत्युको पोष्टमार्टम रिपोर्ट आएको छ ।

उक्त घटनाको पोष्टमार्टम रिपोर्ट पाटन अस्पतालले महानगरीय प्रहरी परिसरलाई शुक्रबार बुझाएको हो ।

रिपोर्ट अनुसार चौधरीले मुनाको घाँटीमा डोरीले कसेर मारेको पाइएको हो । यसपछि चौधरीले आत्महत्या गरेको रिपोर्टले बताएको छ ।

गत माघ २७ गते बिहान पूर्वसचिव कार्की पशुपति गएका बेला उनकी श्रीमती मुना कार्कीको हत्या भएको थियो । साथै उनकै घरमा काम गर्ने कामदार चौधरी पनि झुण्डिएको अवस्थामा फेला परेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि कामदार चौधरीले मुनाको हत्या गरेपछि आत्महत्या गरेको बताएको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार