मुना कार्की हत्या प्रकरण : दुबै परिवारको जाहेरी

Law Hub Nepal माघ २९, २०७६

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र कामदार  विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।

पूर्वसचिव कार्कीले हिंजो मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले बुधबार जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ । प्रहरीका अनुसार किटानी जाहेरी भने परेको छैन ।

ललितपुरको सानेपास्थित कार्कीको घरमा सोमबार बिहान मुनाको हत्या भएको थियो भने चौधरीले झुण्डिएर आत्महत्या गरेका थिए ।

आफ्नै घरको भान्सा कोठामा अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो ।

महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाई आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

यद्यपि पोष्टमार्टम रिपोर्ट र फोरेन्सिक ल्याबको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार