कोरोना कहरका कारण अप्ठेरोमा परेका कानुन व्यवसायीलाई बारले सापटी सहयोग गर्ने

Law Hub Nepal भाद्र २२, २०७७

काठमाडौं । नेपाल बार एशोसिएशनले कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउन र निषेधाज्ञाका कारण अप्ठेरोमा परेका कानुन व्यवसायीहरुलाई सापटी सहयोग गर्ने भएको छ।

एशोसिएशनका महासचिव लीलामणी पौडेलले एक विज्ञप्ती जारी गर्दै अहिलेको महामारीका कारण कानुन व्यवसायीहरुको दैनिकी समेत प्रभावित बनेको भन्दै तत्काल आर्थिक सहयोग आवश्यक परेका कानुन व्यवसायीहरुलाई सम्बन्धित एकाईको सिफारिसमा राहत स्वरुप २५ हजार सापटी प्रदान गर्ने बताएका छन्। यसरी दिइएको सापटी ६ महिना भित्र फिर्ता गर्नुपर्नेछ।

बारले नियमित स्रोत कम भएकोले कानुन व्यवसायी विपद् राहत कोष खडा गरेको थियो। उक्त कोषमा अधिवक्ताहरुले सहयोग रकम जम्मा गराएका थिए।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार