नेकपा सचिवालयको आकस्मिक बैठक बोलाइयो

Law Hub Nepal वैशाख ८, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।

बैठक अहिले साढे पाँच बजे बस्नेछ । यसअघि उर्जा मन्त्री बर्षमान पुन मन्त्रीपरिषद् बैठक पछि अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

प्रधानमन्त्रीले आकस्मिक रूपमा दल विभाजन व्यवस्था खुकुलो बनाउने अध्यादेश प्रस्ताव गरेपछि अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार