नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

Law Hub Nepal माघ २८, २०७६

काठमाडौं । नेपाल प्रहरीको २७ ‌औ‌ँ महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् ।

आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

ज्ञवाली प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश नं. १ मा प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।

आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् ।

यही ब्याचको वैकल्पिक टोलीमा ज्ञवालीले सेवा प्रवेश गरेका हुन् ।

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाँक्न पाउने छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार