अश्लील साइट बनाएर १७ वर्षे किशाेरीकाे भिडियाे राख्‍ने युवक पक्राउ

Law Hub Nepal असार २९, २०७७

काठमाडाैं । पोर्न साइट बनाएर चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

साइबर ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई समातेको हो। उनले अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको आरोप प्रहरीको छ।

श्रेष्ठले चितवनकी १७ वर्षीया किशोरीको अश्लील भिडियो पोर्न साइटमा हालेको अभियोगमा शनिबार पक्राउ गरिएको एसएसपी नवीन्द अर्यालले बताए।

उनले ती किशोरीको भिडियो पोर्न साइटमा अपलोड गरेपछि पीडित पक्षले साइबर ब्युरोमा उजुरी दिएको थियो।

आरोपी श्रेष्ठलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ। प्रहरीले श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद(९ मा उल्लिखित कसुरमा पक्राउ गरी अनुसन्धान बढाएको प्रहरीले बताएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार