झलनाथ नेतृत्वको कार्यदलले एमसिसीबारे अध्ययन गर्ने

Law Hub Nepal माघ १९, २०७६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले एमसिसिबारे अध्ययन गर्न सचिवालय सदस्य झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन गरेको छ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालको नेतृत्वमा स्थायी कमिटी सदस्यहरू भीम रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेका छन् ।

एमसिसीबारे अध्ययन गरी दश दिनभित्र सचिवालयलाई प्रतिवेदन बुझाउन कार्यदललाई जिम्मेवारी दिइएको बताइएको छ ।

एमसिसीलाई लिएर नेकपाभित्र विवाद रहेको छ। नेता भिम रावलले नेपालका लागि एमसिसी हितकर नहुने सार्वजनिक रूपमा बताउने गरेका छन् ।

यता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड भने संसदबाट एमसिसी अनुमोदन गर्नुपर्ने पक्षमा रहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एमसिसीको पक्षमा समर्थन जनाउँदै आएका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार