खाना पकाउने ग्यासको मूल्यमा वृद्धि

Law Hub Nepal माघ २०, २०७६

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

पेट्रोल, डिजल र मट्टितेलको मूल्य भने लिटरमा एक रुपैयाँ घटाएको छ ।

सोमबार (आज) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य बढेेेेेेसँगै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३२५ रुपैयाँ पुगेको छ ।

यता पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार