आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले नराेक्ने प्रधानमन्त्री ओलीको ठोकुवा

Law Hub Nepal माघ २१, २०७६

काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले रोक्न नसक्ने बताएका छन् ।

पार्टीसम्वद्ध एक भ्रातृसंस्थाको राजधानीमा आयोजित एक  समारोहमा ओलीले सरकारले विकास निर्माणलाई गति दिएकाले अर्को निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

सरकारले केही गरेन भनेर फैलाइएको भ्रमले असर नपर्ने प्रधानमन्त्रीको धारणा थियो ।

ओलीले पार्टीभित्र सबै नेताहरुलाई एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर  न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह समेत गरे ।

पार्टीबाट सबै निर्णय एकता र सहमतिका साथ गरिएकाले बहुमत र अल्पमतमा भन्ने खुद्रामसिना कुरामा पार्टीको ध्यान नरहेको ओलीको भनाइ छ।

ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने पनि ठोकुवा गरे।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार