मिडिया काउन्सिल विधेयक पारित, पत्रकारले लाइसेन्स लिनुपर्ने प्रावधान राखिएन

Law Hub Nepal माघ २३, २०७६

काठमाडौं । पत्रकारले लाइसेन्स लिनुपर्ने प्रावधान हटाएर  मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको विधेयकलाई पत्रकारले लाइसेन्स लिने प्रावधान हटाएर सर्वसम्मत पारित गरेको हो ।

सांसदहरुले उठाएका प्रश्नहरुलाई सम्वोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताएका थिए ।

कार्य व्यवस्था परामर्श समितिको बैठकले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने प्रावधान झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो ।

सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी व्यक्त गरे । यद्यपि पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैँमा नराम्रो नभएको मन्त्री बास्कोटाले बताए ।

पेशागत शुद्धता र मर्यादाका लागि यो विषय उठेको मन्त्री बास्कोटाले जानकारी दिएका थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार