बालुवाटार जग्गा प्रकरणमा अख्तियारको निर्णय गलत : संविधानविद् आचार्य

Law Hub Nepal माघ २४, २०७६

काठमाडौं । संविधानविद् डाक्टर भिमार्जुन आचार्यले बालुवाटार जग्गा प्रकरणमा अख्तियारले गरेको निर्णय गलत भएको बताएका छन् ।

उनले कुनै विषयमा नीति तर्जुमा गर्नु र निर्णय गर्नु फरक कुरा भएको बताएका छन् ।

‘अदुअआ ऐनको दफा ४ नीतिगत विषयसँग सम्बन्धित छ, निर्णयसँग होइन । ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने विषयमा मन्त्रीपरिषदले नीति तर्जुमा नभई निर्णय गरेको हो ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नीतिगत विषयका कारण कसैलाई कारवाही गर्न सकिएन भन्ने आयोगको भनाइ गलत रहेको आचार्यको भनाइ रहेको छ।

आयोगले आफ्नो निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्ने ठाउँ दिनु आफैमा सुखद् विषय नभएको उनको ठम्याइ रहेको छ ।

‘डेमोक्रेटिक इन्स्टिच्युसन हरुले आफ्नो क्रेडिविलिटी गुमाउँदै गए भने डेमोक्रेसी सस्टेन गर्न सक्दैन ।’ आचार्यले भनेका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार