४२ लाख घुस लिएको आरोपमा वकिल पक्राउ

Law Hub Nepal माघ २४, २०७६

काठमाडौं ।  ४२ लाख घुस लिएको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ।

कारागारमा रहेको व्यक्ति छुटाइदिने भन्दै घुस लिएका अधिवक्ता टंक रानामगर पक्राउ परेका हुन् ।

रानालाइ महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बबरमहलबाट पक्राउ गरेको हो।  महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार रानाको माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म छ।

राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले  घुस लिएको पत्ता लागेपछि पक्राउ गरिएको थापाले बताए। दाहालसँग अदालतले दुई करोड पच्चीस लाख रूपैयाँ धरौटी मागेको थियो।

धरौटी तिर्न नसकेर दाहाल अहिले नख्खु कारागारमा छन्। दाहाललाई २०७५ मंसिर २७ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

रानामगरले २०७४ साल साउन २४ गते पीडितबाट ४२ लाख पैसा लिएको अनुसन्धानमा खुलेको प्रहरीले बताएकाे छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार