ओलीलाई काउन्टर : प्रचण्ड–नेपाल समूह पनि हस्ताक्षर संकलन गर्दै

Law Hub Nepal वैशाख १७, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दलमा बहुमतसिद्ध गर्ने तयारी गरेसँगै प्रचण्ड– नेपाल समूहले पनि हस्ताक्षर सुरु गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानैदेखि प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर बिहानैदेखि हस्ताक्षर गराइरहेका छन् ।

हस्ताक्षर अभियानले ओली बहुमतमा देखाएको कृष्ण राईले बताए । ओलीले हस्ताक्षर सुरु गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि जवाफ दिएका हुन् ।

अध्यादेश प्रकरणपछि नेकपा विवाद उत्कर्षमा छ । नेकपाले बुधबारै साँझ पाँच बजे सचिवालय बैठक आह्वान गरेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार