फ्रेन्च लिग वान फुटबल यो सिजन नहुने पक्का

Law Hub Nepal वैशाख १६, २०७७

काठमाडौं । फ्रान्सको लिग वान र टु यो सिजन नहुने पक्का भएका छन् ।

प्रधानमन्त्री एडवर्ड फिलिपले सेप्टेम्बरसम्म दर्शक नराखेर पनि कुनै खेल गतिविधि गर्न नदिने घोषणा गरेसँगै दुबै लिग नहुने पक्का भएको हो ।

यसअघि एलएफपीले भने जुन १७ बाट लिग वान र टू गराउने तयारी गरेको थियो ।

तर मंगलबार दिउँसो प्रधानमन्त्री फिलिपले मे ११ पछिको लकडाउन योजना सार्वजनिक गरेका छन्, जसमा सेप्टेम्बरसम्म सबै खेल गतिविधि रोकिनेछन् ।

अब लिग च्याम्पियन स्वतः पेरिस सेन्ट जर्मेन घोषणा हुनसक्छ, किनकी अंक तालिकामा उसले १२ अंकको अग्रता लिएको छ । साथै च्याम्पियन्स लिगमा मार्सेलिए, रेनेस जानेछन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार