माइतीघरबाट विवेकशील नेपाली नेतृ रञ्जु दर्शना पक्राउ

Law Hub Nepal वैशाख ३०, २०७७

काठमाडौं । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए ।

तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा ल्याएको नेतृ दर्शनाले बताइन् ।

पछिल्लो समय भूमि अतिक्रमणको विरोधमा विभिन्न पार्टी सम्वद्ध युवा विद्यार्थीहरूले प्रदर्शन गर्ने र उनीहरूलाई प्रहरीले पक्रने क्रम चलिरहेको छ ।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार