लकडाउन खुकुलो भएकोमा प्रधानमन्त्रीको असन्तुष्टि, कडा गर्न निर्देशन

Law Hub Nepal वैशाख ३०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लकडाउन खुकुलो पारिएकामा असन्तुष्टी जनाएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्दै प्रधानमन्त्री ओलीले कडा बनाउन निर्देशन दिएको एक मन्त्रीले बताए ।

सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचालु गर्ने नाममा लकडाउन औचित्यहीन बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा सम्झौता नगर्न सुझाएका हुन् ।

आर्थिक गतिविधि र व्यवसाय सिद्धिने भए भन्ने नाममा लकडाउन खुकुलो पार्न नसकिने उनको भनाइ थियो ।

महामारी नियन्त्रणबाहिर जान नदिन कठोर कदम चाल्नुको विकल्प नभएको भन्दै ओलीले उच्चस्तरीय समितिलाई निर्णय लिन निर्देशन दिएका थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार