अधिवक्ता तहको अनलाइन कक्षा जारी, २६ औं परीक्षामा दोस्रो भएकी हसिना लामिछानेले पढाउने

Law Hub Nepal वैशाख ३०, २०७७

काठमाडौं । नेपाल बार काउन्सिलले लिने २८ औं अधिवक्ता तहको लाइसेन्स परीक्षाको तयारीस्वरूप नेविसंघ नेपाल ल क्याम्पस समितिले अनलाइन कक्षा जारी राखेको छ ।

यसअघि १० वटा कक्षा सम्पन्न भइसकेका छन् । एघारौं कक्षा भोलि बैशाख ३१ गते बुधबार दिउँसो साढे १२ बजे ‘Nepal Law Campus NSU’ पेज मार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।

एघारौं कक्षामा फौंजदारी कानूनको पढाइ हुने नेविसंघले जानकारी दिएको छ ।

भोलिको कक्षा २६ औं अधिवक्ता तहको परीक्षामा दोस्रो स्थान हासिल गर्न सफल अधिवक्ता हसिना लामिछानेले कक्षा लिने छिन् । लामिछाने बिएएलएलबि चौंथो ब्याचकी स्वर्णपदक विजेता पनि हुन् ।

कोभिड १९ महामारीका कारण सुरू भएको लकडाउनले विद्यार्थीहरुको नियमित पठनपाठनमा परेको प्रतिकुुुल असरलाई मध्यनजर गर्दै अनलाइन कक्षा जारी राखेको नेविसघं नेपाल ल क्याम्पसका अध्यक्ष सुरज सेजुवालले बताए ।

अनलाइन कक्षाबाट अधिवक्ता लाइसेन्सको तयारीमा रहेका विद्यार्थीले लाभ लिइरहेको नेविसंघ नेपाल ल क्याम्पसका नेता गंगादत्त जोशीले बताए ।

लाइभ कक्षा निम्न लिंकमा गएर लिन सकिने जनाइएको छ ।
https://www.facebook.com/NSUNLC/

विस्तृत जानकारी :

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न यहाँ क्लिक गरी हाम्रो पेेज लाइक गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार