सीमा सुरक्षाका लागि दार्चुलाको छाङ्गरूमा आजदेखि सशस्त्रको बिओपी स्थापना (तस्बिरसहित )

Law Hub Nepal वैशाख ३१, २०७७

काठमाडौं । लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि सरकारले  बुधबारदेखि सशस्त्र प्रहरी बलको टोली खटाएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ ।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले नेपालमा विरोध भइरहेको छ।

सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो। सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी रहने छन्।

सरकारले गत मंसिरमा नै बिओपी राख्ने निर्णय गरेको थियो। तत्कालीन अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको १०७ बिओपी थियो।

मंसिरमा सरकारले ११४ बिओपी स्थापना गर्ने निर्णय गरेको थियो। त्यसपछि जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको छ ।

तस्बिर : सशस्त्र प्रहरी ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार