‘भूमि फिर्तापछि नक्सा जारी हुन्छ’ : प्रधानमन्त्री ओली, ‘अतिक्रमण अस्वीकार्य’ : सर्वदलीय निष्कर्ष 

Law Hub Nepal वैशाख ३१, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्तापछि मिचिएको नेपाली भूमिसहितको नक्सा जारी हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा वुधबारको सर्बदलीय बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भारतले नेपालले वार्ताका लागि प्रयास जारी राखिरहेकै बेला एकतर्फी रुपमा सडक उद्घाटन गरेको भन्दै तत्काल भारतीय राजदूतमार्फत कुटनीतिक नोट पठाएर बिरोध र असहमति राखिएको पनि जानकारी गराए ।

त्यस्तै, उनले सबै राजनीतिक दलको साझा मत र राष्ट्रिय एकतासहित सीमा समस्या समाधान गर्न सरकारले पहल अघि बढाउनेसमेत जानकारी गराएको जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

बैठकमा नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जनता समाजवादीका नेताहरु महन्थ ठाकुर, शरतसिंह भण्डारी, नेमकिपाका नेता प्रेम सुवाललगायतले सुझाव राखेका थिए ।

कालापानी र लिम्पियाधुरामाथिको अतिक्रमण अस्वीकार्य

सर्वदलीय बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ ।

बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्ने ठहर पनि गरेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार