थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि, नेेेेेेपालमा संक्रमित संख्या २५८ पुग्‍यो

Law Hub Nepal जेठ २, २०७७

काठमाडौं । थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार ९ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेहरूमा ८ जना बाँकेका र एक जना मकवानपुरका ३७ वर्षिय पुरुष रहेका छन्।

बाँकेका ८ संक्रमितहरू त्यहाँको नैनापुर वडा नम्बर १, ३ र ५ का वासिन्दा हुन्। संक्रमितहरूको उमेर १८ देखि ३६ वर्षसम्म रहेको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ।

मन्त्रालयले हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार