लिम्पियाधुरा सहितको नेपालको नक्सा जारी गर्ने सरकारको घोषणा

Law Hub Nepal जेठ २, २०७७

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा सहितको नेपाली नक्सा जारी गर्ने घोषणा गरेको छ ।

संसद बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नक्सा सार्वजनिक गर्ने जनाएकी हुन् ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने छ,’ उनले भनिन्, ‘छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिने छ ।’

सीमाको सुरक्षा र हकहितको संरक्षण र प्रवद्र्धन गर्दै नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउने नीति सरकारले लिएको छ ।

सीमाको सुरक्षा गर्न प्रतिबद्ध हुँदै सीमाको सुरक्षा र निरीक्षण कार्यलाई निरन्तरता दिइने समेत सरकारी नीतिमा समावेश छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार