नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

Law Hub Nepal जेठ ४, २०७७

काठमाडौं । शुक्रवार नागढुंगामा वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्की माथि दुर्व्यवहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं समेतको टोलीले उत्तम कार्की नाम गरेका युवकलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

गत शुक्रवार अत्यावश्यक कामले काठमाडौं आएका कार्की माथि नागढुंगामा केही युवाले गाडी रोकेर दुर्व्यवहार गरेका थिए।

गाडीको पास मात्र होइन, उनीहरुले कार्कीले गाडीमा बोकेको झोला समेत खोलेर हेरेका थिए। गृह मन्त्रालयले कार्कीको माथिको हर्कतलाई गौरकानुनी भनेको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार