अतिक्रमित भूभागसहितको नेपालको नक्सा तयार, आजैको मन्त्रिपरिषद्‍ बैठकमा प्रस्तुत गरिने 

Law Hub Nepal जेठ ४, २०७७

काठमाडौं । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागसमेत समेटिएको नेपालको नयाँ नक्सा भूमिसुधार मन्त्रालयले तयार पारेको छ ।

स्रोतका अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकमा भूमिसुधार मन्त्री पद्‍मा अर्यालले यो नक्सा प्रस्तुत गर्दैछिन् । मन्त्रिपरिषद्‍ले आवश्यक छलफल पश्चात जारी गर्नेबारे निर्णय गर्नेछ ।

सरकारले नीति तथा कार्यक्रममा नै अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरिने घोषणा गरेको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार