भारतमा जेठ १८ गतेसम्म लम्बियो लकडाउन

Law Hub Nepal जेठ ४, २०७७

काठमाडौं । भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ।

भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए । लकडाउनसम्वन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिँदैछ।

गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको हो।

भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन्। त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन् । उच्च संक्रमितको संख्याका आधारमा भारत ११ औं स्थानमा छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार