अपहरणको आरोप लागेका बस्नेत, श्रेष्ठ र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय

Law Hub Nepal जेठ ४, २०७७

काठमाडौं । सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र निवर्तमान प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा यो निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेको बताएको छ ।

अहिलेलाई पछि प्रमाण फेला परे पुनः अनुसन्धान हुने गरी तामेलीमा राख्ने निर्णय गरिएको हो ।

उनीहरू विरूद्ध सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको मुद्दा परेको थियोे ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार