कोरोना परीक्षण गरेरमात्र तरकारी र फलफूल आयात गर्न सर्वोच्चको आदेश

Law Hub Nepal जेठ ४, २०७७

काठमाडौं । सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले भारत लगायत अन्य देशबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरेर मात्र आयात गर्न आदेश दिएको हो ।

कोरोना भाइरसको महामारीको समयमा पनि भारतबाट निर्वाध रुपमा तरकारी र फलफूल आयात भएको र त्यसमा विषादी र कोभिड-१९ परीक्षण नहुँदा उपभोक्ता अधिकार हनन भएको भन्दै अधिवक्ता मणिराम उपाध्यायसहितले सर्वोच्चमा रिट दिएका थिए ।

सर्वोच्चले आन्तरिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरण गर्न आदेश दिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार