थप तीन जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या  ५७ पुग्यो 

Law Hub Nepal वैशाख १७, २०७७

काठमाडौं । बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार