नेपालका ३१ जिल्लामा फैलियो कोरोना, ३५७ जना संक्रमित

Law Hub Nepal जेठ ५, २०७७

काठमाडौं । नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका संक्रमित थपिएका हुन्।

आज बाँकेमा मात्र ४७ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ।

तराईका सुनसरीबाहेक सबै जिल्लामा कोरोना भाइरसका संक्रमण देखिएको छ। पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, बाग्लुङ र गुल्मीमा कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

कोरोना भाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार