‘संसद भित्रको वाक् स्वतन्त्रता आफ्नो देशको अपमान र अर्काको देशको गाथा गाउनका लागि होइन’

Law Hub Nepal जेठ ५, २०७७

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले कानून, संविधान र देशको अखण्डता बिरूद्ध बोल्ने अधिकार कुनै पनि सांसदलाई हुन नसक्ने बताएका छन् ।

उनलेे सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै सो कुरा बताएका हुन् ।

संसद बैठकमा सांसदहरू सरिता गिरी, डा. मिनेन्द्र रिजाल, महेन्द्रराय यादव लगायतले व्यक्त गरेको अभिव्यक्तिप्रति आचार्यले लक्षित गरेका हुन् ।

सांसद गिरीले भारतको सहमतिमा मात्र नेपालले नक्सा जारी गर्नुपर्ने धारणा राखेकी थिइन् ।

संविधानविद् आचार्यले सदन भित्रको वाक् स्वतन्त्रता आफ्नो देशको अपमान र अर्काको देशको गाथा गाउनका लागि नभएको समेत नभएको स्पष्ट पारेका छन् ।

अमर्यादित र कानून बिपरितका कृयाकलापमा सभामुखको रूलिङ आउनु पर्ने भन्दै उनले लेखेका छन्-‘देशको पवित्रतामाथि यति सारो मजाक नगरौं।’

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार