मन्त्रिपरिषद् बैठकद्वारा लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित 

Law Hub Nepal जेठ ५, २०७७

काठमाडौं । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए।

भूमि सुधार मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा  लिपुलेक समेटिएर नक्सा पेश गरेको थियो।

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमा नयाँ नक्सा जारी गर्ने विषय उल्लेख थियो ।

नेपाली भूमिमा भारतले सडक बनाएपछि पछिल्लो समय सरकारले नक्सा जारी गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार