नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

Law Hub Nepal जेठ ६, २०७७

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्।

ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो।

त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्।

थपिएका २७ जनासँगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ ।

यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार