२५ हजार धरौटी बुझाएर छुटे भीम उपाध्याय

Law Hub Nepal वैशाख १५, २०७७

काठमाडौं । पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटी बुझाएर छुटेका छन्।

सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।

आइतबार सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि प्रहार गर्ने र सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको भन्दै पूर्वसचिव भीम उपाध्यायविरूद्ध मुद्दा दायर गरेको थियो।

साइबर ब्युरोले गत बुधबार राति उनलाई पक्राउ गरेको थियो।

यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार