नेकपा हाइकमाण्डको निर्णायक बैठक बालुवाटारमा सुरु

Law Hub Nepal वैशाख १७, २०७७

काठमाडौं । पार्टीभित्र देखिएको विवाद हल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

विवादास्पद दुईअध्यादेश ल्याएपछि चर्किएको विवाद समाधानका लागि नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भरखरै सुरु भएको हो।

पार्टीमा छलफल नगरी बैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको हो।

त्यसपछि अध्यक्ष प्रचण्डसहित नेकपाका बहुमत सचिवालय सदस्य उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा जुटेका थिए। उक्त बैठकले तत्काल अध्यादेश फिर्ता लिनको लागि २४ घण्टे अल्टिमेटम दिनुका साथै स्थायी समितिको बैठक बोलाउन माग गरेको थियो।

त्यसपछि सरकारले अध्यादेश फिर्ता लिए पनि नेकपाभित्रको शक्ति संघर्ष भने उत्कर्षमा पुगेको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार