प्रधानमन्त्री ओलीको प्रस्ताव : कोरोनापछि बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

Law Hub Nepal वैशाख १७, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेको बताइएको छ ।

साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव रहेको स्रोतले बताएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार