भोलिदेखि रिट निवेदन दर्ता र सोको सुनुवाइ गर्ने सर्वोच्चको निर्णय

Law Hub Nepal वैशाख १५, २०७७

काठमाडौं । सर्वोच्च अदालतले भोलिदेखि रिट निवेदन दर्ता र सोको सुनुवाइ गर्ने भएको छ ।

हिजो आइतबार बसेको सर्वोच्चको पूर्ण बैठकले यस्तो निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बन्दाबन्दीको अवधि लम्बिदै गएको  र महामारीको पूर्णरूपमा नियन्त्रणको आकलन पनि गर्न नसकिने अवस्थामा संविधान प्रदत्त मौलिक हकको संरक्षण र प्रचलन गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारीमा रहेकोमा न्यायपालिकाले आफ्नो संवैधानिक भूमिका र दायित्वप्रतिको संवेदनशिलतालाई दृष्टिगत गर्दै भोलिदेखि रिट निवेदन दर्ता र सोको सुनुवाइ व्यवस्था गर्ने निर्णय भएको सर्वोच्चको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार