२५ लाख ५० हजार धरौटीमा रिहा भएपनि अग्रवाल फेरि पक्राउ

Law Hub Nepal वैशाख १८, २०७७

काठमाडौं । व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन्।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेस प्याकुर्‍यालको इजलासले अग्रवाललाई धरौटीमा रिहा गरे लगत्तै महानगरीय प्रहरी परिसर, टेकुको विशेष टोलीले पक्राउ गरेको हो।

काठमाडौं परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धिकरण मुद्दामा पुनःपक्राउ गरिएको हो। परिसरको टोलीले अग्रवाललाई शुद्धिकरण विभाग पुलचोकमा बुझाएको छ।

व्यवसायी सुलभ अग्रवाल २५ लाख धरौटीमा रिहा
‘२५ लाख ५० हजार धरौटीमा काठमाडौं जिल्ला अदालतबाट रिहा भए लगत्तै पक्राउ गरेर सम्पत्ति शुद्धिकरण विभाग पुलचोकमा बुझाएका छौँ’, बोगटीले भने, ‘अब जे गर्छ सम्पत्ति शुद्धिकरण विभागले नै गर्छ।’

चैत २५ गते अग्रवाललाई ३५ सय पर्ने थर्मल गन १५ हजारमा बिक्री गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालले १२ सय थर्मल गनको मात्र भन्सार तिरेको पाइएको थियो। चीनबाट २० हजार वटा ल्याएको प्रहरीले सुराक पाएमध्ये बाँकी भने सामाजिक कामका लागि देखाइएको स्रोतले बताएको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार