अनलाइन कक्षाले विकृति ल्याएको भन्दै बन्द गर्न महानगरको निर्देशन

Law Hub Nepal वैशाख १८, २०७७

पोखरा । पोखरा महानगरपालिकाले विद्यालयले सञ्चालन गरिरहेका अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ ।

अनलाइन कक्षाले समाजमा विकृत ल्याएको भन्दै त्यस्ता कार्य रोक्न महानगरमा उजुरी परेको थियो ।

बिहीबार शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरी अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।

कोरानाका कारण बन्द भएका विद्यालयले हाल पठनपाठनमा प्रभाव परेको भन्दै घरमै रहेका विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन सूचना जारी गरिरहेका छन् । कतिपय निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेको खबर आएका छन् ।

अनलाइन कक्षा सन्चालन गर्दा सम्पुर्ण विधार्थीहरुमा आवश्यक पुर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिना नै अनलाइन कक्षा सन्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विधार्थी तथा अभिभावकहरुलाई मानसिक दबाबसमेत पर्ने गरेको महानगरले ठहर गरेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार