खेलौना ठानेको बमले लियो चार बालबालिकाको ज्यान

Law Hub Nepal वैशाख १९, २०७७

काठमाडौं । रोल्पामा जंगलमा छोडिएको बेवारिसे बम विष्फोट हुँदा गाईबाख्रा चराउन गएका चारजना बालबालिकाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी रहेका छन्।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार गाई बाख्रा चराउन गएका बच्चाहरुले बेवारिसे अवस्थामा रहेको बमलाई खेलौना ठानेर खेलाउन खोज्दा विष्फोट हुन गई चार बालिबालिको एकै साथ मृत्यु भएको हो ।

बेलुका ६ बजेतिर स्थानीय माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे अवस्थामा रहेको टुईञ्च मोटर बम चलाएपछि विस्फोट हुँदा दुःखद घटना भएको प्रहरीले बताएको छ ।

उक्त बम सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा माओवादीले छोडेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार