रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

Law Hub Nepal वैशाख १९, २०७७

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ।

काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा गए राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनका एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा र एक छोरी नेपालमा नै रहेका छन् ।

उनको राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन।

२०६३ सालमा उनका बारेमा `५६ वर्षपछि……..` नामक सांगीतिक वृत्तचित्र निर्माण गरिएको थियो ।

नेपाली राजनीतिकी आदर्श व्यक्ति तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनीसमेत रहेकी रानुदेवीले निरंकुशता बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार